Date

मङ्ल, बैशाख २, २०८२
Tue, April 15, 2025

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड

काठमाडौ, ३१ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश दिने क्रममा शाहले एक भिडियो सन्देश सार्वजनिक गर्दै देशको वर्तमान आर्थिक अवस्थामा आफ्नो चिन्ता भएको उल्लेख गरेका हुन् ।

खस्कदो अर्थतन्त्रलाई माथि उठाउन र रुग्न उद्योगलाई चलायमान बनाउने बेला आएको भन्दै पूर्वराजा शाहले यसमा सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताए ।

चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबाट आफू दुःखित भएको बताउँदै पूर्वराजा शाहले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ, त्यसलाई सकारात्मक रुपमाा लिएको पनि बताएका छन् ।

‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ पूर्वराजा शाहले भनेका छन्।

साथै उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निशारा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको पनि स्मरण गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x