‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को डेलिभरी सुरु

काठमाडौं, १ बैशाख । एमएडब्लू वृद्धि अटो कर्पले ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले दिपल ई०७ सार्वजनिक गर्नुअघि यसको प्रि–बुकिङ खुलाएको थियो । बुकिङ गरेका ग्राहकलाई दिपल ई०७ को डेलिभरी सुरु गरेको हो ।
यससँगै अब ग्राहकले ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ दुवै भेरिएन्टमा उपलब्ध हुने दिपल ई०७ ले बेजोड पावर र पर्फर्मेन्स दुवै प्रदान गर्छ । हाललाई ‘रियर ह्विल ड्राइभ’को डेलिभरी सुरु भएको हो । ‘रियर ह्विल ड्राइभ’मा १९० किलोवाटको मोटर जडान गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
यो रियर ह्विलड्राइभ र अल ह्विलड्राइभ दुवै भेरिएन्टमा उपलब्ध छ ।