ट्रम्प प्रशासनले हर्वर्ड विश्वविद्यालयको २.२ अर्ब डलर संघीय सहायता रोक्यो

काठमाडाैं, २ वैशाख । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हर्वर्ड विश्वविद्यालयलाई दिँदै आएको २.२ अर्ब अमेरिकी डलर बराबरको संघीय अनुदान र ६ करोड डलरको ठेक्का रकम तुरुन्त स्थगित गरेको घोषणा गरेको छ। यो निर्णय हर्वर्डले ह्वाइट हाउसबाट आएको मागहरूको सूची अस्वीकार गरेपछि आएको हो, जसमा विश्वविद्यालयको नीति, शैक्षिक स्वतन्त्रता र विविधताको अभ्यासमा गम्भीर परिवर्तनको माग गरिएको थियो।