Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राष्ट्र बैंकमा नेतृत्वको नयाँ सिँढी चढ्दै तीन अधिकारी, डेपुटी गभर्नरको दौडमा थप प्रतिस्पर्धा

राष्ट्र बैंकमा नेतृत्वको नयाँ सिँढी चढ्दै तीन अधिकारी, डेपुटी गभर्नरको दौडमा थप प्रतिस्पर्धा

काठमाडाैं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले तीन जना निर्देशकलाई कार्यकारी निर्देशकमा पदोन्नति गरेको छ। केन्द्रिय बैंकको पदपूर्ति समितिको निर्णयअनुसार चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल र डा. रामशरण खरेल कार्यकारी निर्देशकमा बढुवा भएका हुन्।

उनीहरूको पदोन्नति हालै सम्पन्न भएको हो, जसले गर्दा केन्द्रिय बैंकको भावी नेतृत्वको तस्वीर अझ चाँडो स्पष्ट हुने देखिएको छ। राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकको पदमा कार्यरत कर्मचारीहरू मध्येबाट दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरिन्छ।

यसरी बढुवा भएका अधिकारीहरूले अब उच्च व्यवस्थापन तहमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। साथै, सञ्चालक समितिमा पहुँच सुनिश्चित गर्दै राष्ट्र बैंकको नीति निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्ने सम्भावना बढेको छ।

नयाँ डेपुटी गभर्नर नियुक्त हुनु अझै एक वर्ष टाढा भए पनि, आजको बढुवाले नेतृत्व प्रतिस्पर्धाको घेरालाई फराकिलो बनाएको छ। राष्ट्र बैंकभित्रको अनुभव, प्रशासनिक दक्षता र नीति कार्यान्वयन क्षमताका आधारमा अब तीनै अधिकारी पनि भावी नेतृत्वका दावेदार बन्न पुगेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x