Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

धनगढी क्षेत्रीय विमानस्थलमा अनियमितता गरेको आरोपमा पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारको छानबिन

धनगढी क्षेत्रीय विमानस्थलमा अनियमितता गरेको आरोपमा पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारको छानबिन

काठमाडौँ, ४ वैशाख । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि छानबिन सुरु गरेको छ ।

पूर्वमन्त्री आले विरुद्ध अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो । उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको हो। आयोगले पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ ।

गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो ।

अख्तियारले पत्र पठाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारबाट प्राप्त उजुरीमा उल्लेख गरिएका विषयमा के कसो भएको हो ? सोको स्पष्ट राय/प्रतिक्रियासहित सम्बद्ध कागजात सात दिनभित्र उपलब्ध गराउन भन्दै पत्र समेत पठाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x