नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १० अर्ब माथि

काठमाडौं, ४ बैशाख । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २८ दशमलव ९७ अंकको वृद्धि देखिएको छ । नेप्से बढेसँगै बजार २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले, क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनीकाे १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।
आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ ।