नेपाली स्टार्टअप्स् लाई विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने अवसर
काठमाडौं, १४ साउन । नेपाली नवप्रवर्तनमा आधारित व्यवसाय (स्टार्टअप्स्)लाई पहिलोपटक विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त भएको छ । ग्लोबल आन्र्टप्रेनियरसीप नेटवर्ककोको पहलमा नेवालमा क्रियटिभ विजनेस कप–नेपाल आयोजना हुने लागेको हो । यसको आयोजना अन्तरप्रेरणा नेपाल नामक संस्थाले गर्दैछ । अन्तरप्रेरणाले नेपाली स्टार्टअप्स्हरुलाई प्रतिस्पर्धामा भाग लिन आग्रह गरेको छ । क्रियटिभ विजनेस कप–नेपालमा प्रथम हुनेले आगामी नोभेम्बर महिनामा डेनमार्कको कोपेनहेगनमा आयोजना हुने विश्वव्यापी स्टार्टअप्स् प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यसरी भाग लिने उत्कृष्ट एक स्टार्टअप्स्को कोपेनहेगनका लागि सम्पूर्ण खर्च प्रायोजन गरिने अन्तरप्रेरणाका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले बताए ।
क्रियटिभ विजनेस कप–नेपालमा सय भन्दा बढी स्टार्टअप्स्ले भाग लिने अपेक्षा गरिएको छ । विश्वव्यापी प्रतिस्पर्धामा विजयी हुने स्टार्टअप्सले ७००० युरो पुरस्कार प्राप्त गर्नेछन् भने विश्वभरबाट आएका नवप्रवर्तकहरु, मेन्टर तथा लगानीकर्ताहरुसँग भेटघाटको अवसर प्राप्त गर्नेछन् ।
अन्तरप्रेरणाले पनि नेपालमा स्टार्टअप्स्हरुका लागि लगानी व्यवस्थापन सल्लाह तथा अन्य मेन्टरसीप प्रदान गर्दै आएको छ । राजभण्डारीले विविध क्षेत्रबाट धेरैभन्दा धेरै सहभागीले क्रियटिभ विजनेस कप–नेपालका लागि भाग लिने र उनीहरुमध्येबाट विज्ञ, सफल उद्यमी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी छनौट समिति (जुरी) बाट उत्कृष्ट छनौट गरी विश्वव्यापी प्रतिस्पर्धाका लागि पठाइने बताए ।