Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सरकारविरुद्ध देशैभरी शक्ती प्रर्दशन गर्दैं कांग्रेस

सरकारविरुद्ध देशैभरी शक्ती प्रर्दशन गर्दैं कांग्रेस

काठमाडौं,१५ साउन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि शक्ती प्रदर्शन गर्दै छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिवाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

कांग्रेसले नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ । आफू नेतृत्वमा बनेको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनुपर्ने, मिर्गौला, क्यान्सर तथा मुटुको गम्भीर रोग लागेका बिरामीलाई महिनाको ५ हजारका दरले राहत दिने निर्णयको कार्यन्वयनलाई निरन्तरता दिनुपर्ने कांग्रेसको माग गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x