Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालको पुर्वाधार बिकासमा थप सहयोग गर्न तयार छौ  -जापान

नेपालको पुर्वाधार बिकासमा थप सहयोग गर्न तयार छौ  -जापान

काठमाडौ,१५ साउन । शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच सोमवार शिष्टचार भेटवार्ता भएको छ । सिहदरवारस्थित मन्त्रालयमा भएको भेटमा राजदुत साइगोले आफ्नो कार्यकालमा नेपालकोसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताउनुभयो ।

राजदुत साइगोले नेपालको पुर्वाधार बिकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पुर्वाधार बिकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो ।

भेटमा मन्त्री राईले नव नियुक्त राजदुतका रुपमा नेपाल आएकोमा बधाई दिदै उहाँको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय बिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मुल्याङकन गरेको बताउनुभयो । उहाँले कुलेखानी जलविद्युत आयोजना  र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको बिकास योगदान आफैमा बिशिष्ट रहेको भन्दै काठमाण्डौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताउनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x