Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

युनियन लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

युनियन लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

काठमाण्डौं, १५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका बैंकको २ सय ३३ वटै शाखाहरुबाट सहज रुपमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

बैंकको वासलातको आकार १ सय ७५अर्ब रुपैयाँ र कुलनिक्षेप करिब १ सय ५१ अर्ब पुगेको बैंकले जनाएको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ सय २१अब रुपैर्याँ सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

बैंकले करिव ११ लाख७५ हजार ग्राहकलाई हाल मुलुकभर बाट २ सय ३३ शाखा कार्यालय, २ सय २२ एटिएम, १४ एक्सटेन्सन काउण्टर र १५ शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x