सात हजार ५ सय घट्यो सुनको मूल्य

काठमाडौं, १० वैशाख । सुनको मूल्य सात हजार ५ सय घटेको छ ।
मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य बुधबार घटेर एक लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।