Date

बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं,११ वैशाख । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा पियोर इनर्जीको आईपीओ बाँडफाँड गरिएको छ। आज बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।

कम्पनीले सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको यो आईपीओमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयर सदर भएको थियो । जसमा ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता सेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदकबाट हात खाली भएको छ।

पियोर इनर्जीको आइपीओ नतिजा केहीबेरमा सार्वजनिक भएपछि नतिजा हेर्न सकिन्छ । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक र धितोपत्र जारी गर्ने कम्पनी पियोर इनर्जीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np वा मेरो सेयरबाट आईपीओको नतिजा हेर्न सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *