Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

आज होला त प्रधान न्यायाधीशमा जोशीको नाम अनुमोदन ?

आज होला त प्रधान न्यायाधीशमा जोशीको नाम अनुमोदन ?

काठमाडौं,१६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय संभवत आज टुग्गो लाग्दै छ । संसदीय सुनुवाइ समितिले निर्णय नलिदै जोशीको अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विभाजित भएका छन् । संसदीय सुनुवाइ समितिमा नेकपा र नेपाली कांग्रेसका सांसदबीच मत बाझिएपछि पार्टी नेतृत्व तहमा प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसद समितिबाट पार्टी नेतृत्वमा पुगेको छ । सर्वभौम संसदबाट पार्टी सम्म यो विषय पुग्नु संसदीय राज्य ब्यवस्थामा सुह्याउने कुरा होइन ।

कांग्रेसका शीर्ष नेतादेखि लिएर नेपाल बार एसोसिएसनसम्मले विज्ञप्ति निकालेर जोशीलाई अनुमोदन गर्न दबाब दिएपछि नेकपाका नेताले पार्टीभित्रै यसअघिको निर्णयमा पुनर्विचार गर्न प्रस्तावसमेत गरेका छन् ।न्यायपालिका उच्च स्रोतका अनुसार विवादमा परेका कायम मुकायम प्रधानन्यायाधीश जोशीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् भने दिनभरजसो दुई जनाबीच पटकपटक फोन सम्पर्क भएको बताइएको छ । जोशीलाई अनुमोदन नगर्न दुई तिहाइको कसरतमा लागेका सत्तारूढ दलका सांसद पार्टी नेतृत्वको सुझावपछि जोशीलाई अनुमोदन गर्ने पक्षमा पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्रीसँगको भेटकै कारण सर्वोच्च अदालतले सरकारसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय मुद्दासमेत सुनुवाइ सूचीबाट हटाएर जोशीका प्रमाणपत्र र उनको विगतको कार्यसम्पादनबारे सरकार र संसदीय समितिलाई आश्वस्त बनाउने काम गरेको छ ।

प्रतिपक्षी दल कांग्रेसले सडकबाटै जोशीलाई हटाउन नहुने अभिव्यक्ति दिए पनि समितिमा रहेका सत्ता पक्षका केही सांसद भने मंगलबार साँझसम्म पनि जोशीका विषयमा उपसमिति बनाएर अध्ययन गर्नुपर्ने बताइरहेका छन् ।नेकपाले दुई तिहाइ पु¥याउन आफूसँग भएका ९ सांसद र संघीय फोरमका एक सांसदको साथ लिने तयारी गरेको छ । त्यसका लागि पार्टी नेतृत्व तहमा नै छलफल चलिरहेको छ । जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा टुग्गो लगाउन आज ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x