Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आममाफीको प्रक्रियामा सहभागी हुन नेपाली दुतावासको आग्रह

आममाफीको प्रक्रियामा सहभागी हुन नेपाली दुतावासको आग्रह

काठमाडौं,१६ साउन । युनाइटेड अरव इमिरेट सरकारले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाका लागि दिएको आममाफीको समय आज देखि सुरु भएको छ ।अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक आफ्नो देश फर्कन पाउने छन् ।

यसैबीच नेपाली दुतावसले एक विज्ञाप्ति जारी गर्दै युएइ सरकारले दिएको अवसरको उपयोग गर्न आग्रह गरेको छ ।भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर  आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छदूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x