Date

शनि, बैशाख १३, २०८२
Sat, April 26, 2025

आज ०७२ सालको महाभूकम्प स्मृति दिवस

आज ०७२ सालको महाभूकम्प स्मृति दिवस

काठमाडौं, १२ वैशाख। आज वैशाख १२ गते अर्थात् वि.सं २०७२ सालको महाभूकम्पको स्मृति दिवस । आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।

आजभन्दा १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पमा परी ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ घाइते भएका थिए । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

आज काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता कार्यक्रम आयोजना गरिएको हो । प्रत्येक वर्ष ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको छ ।

 

 

 

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *