Shangrila

घुसिया कर्मचारीहरु बढे – २३९ कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ

पछिल्ला बर्षहरुमा सेवाग्राहीसँग घुस लिदा लिदैं गर्दा रंगेहात कार्वाहीमा पर्ने कर्मचारीहरुको संख्या बढ्दै गएको छ । गएको दुइ आर्थिक बर्षमा अखित्यार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ्ग अपरेशन अर्थात घुस रकम सहित रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्या २३९ रहेको छ । विगतका बर्षहरुमा भन्दा यो संख्या बढदै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष ७३ ।०७४ मा घुस रकम सहति रंगेहात प्रकाउ परेका ८९ जना कर्मचारी कारवाहीमा परेका थिए भने गएको आर्थिक बर्षमा यो संख्या झण्डै दोवर बृद्धि भएर १४७ पुगेको छ । यसरी घुस रकम सहित रंगेहात पक्राउ पर्नेमा उच्च तहका कर्मचारी भन्दा पनि तल्ला तहको कार्मचारी नयाव सुब्ब र शाखा अधिकृतको संगल्ता बढी देखिएको छ । गएको दुइ बर्षमा मात्र ७६ जना नायव सुब्बा र ४० जना शाखा अधिकृत सेवाग्राहीसँग घुस लिदै गर्दा प्रकाउमा परेका छन् । दुइ आर्थिक बर्षमा ३ जना सह सचिव र १३ जना उपसचिव घुस रकम सहित पक्राउ परेको अख्तियारको तथ्याङ्कले देखाएको छ । घुस रकम सहित पक्राउ परेपनि कार्वाही भोगेका कर्मचारीको संख्या भने कम छ । निजमति कर्मचारीको अभिलेखालयको रुपमा रहेको निजामती किताव खानाका अनुसार भ्रष्ट्राचारको कसुर सहित हाल सम्म जम्मा ५३ जना कर्मचारी मात्र भाविश्यमा सरकारी सेवाका लागि आयोग्य ठहरिने गरि सेवाबाट बर्खास्तिमा परेका छन् । यसैगरी विभिन्न अभियोगमा ढेडसय बढी कर्मचारीको निल्मवनमा परेको अभिलेख रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीहरु भने घुस रकंम सहित रंगेहात पक्राउ पर्ने कर्मचारीका सम्वन्धमा परेका अधिकास मुद्धाको अन्तिम फैसाला सत प्रतिशस कर्मचारीले सजाय भोग्न बाध्य भएको बताउछन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *