Shangrila

सन्राइज बैंकको तुल्सीपुरमा शाखा बिस्तार

काठमाडौं १६, साउन । सन्राइज बैंक लिमिटेडले दाङको तुल्सीपुर उप–महानगरपालिका वडा नं ५ मा शाखा बिस्तार गरेको छ । उक्त शाखाको तुल्सीपुर उप–महानगरपालिकाका उप मेयर माया आर्चायले उद्घाटन गरिन ।

उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको जानकारी दिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा, २३ वटा शाखारहित बैंकिङ्ग सेवा ४ वटा एक्सटेन्सन काउण्टर, १०५ वटा एटिएम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *