Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

११ औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु

११ औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु

हृदयराज गौतम
लग्जेम्बर्गं, १६ साउन । गैरआवासीय नेपाली संघ –एनआरएनए)को ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ वौं युरोपीय महिला बैठक सम्पन्न भएको छ । जुलाई २९ र ३० मा लग्जेम्बर्गमा संचालित बैठकमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, संघीय संसदका सांसदद्वय रामकुमारी झाक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदुत लोक बहारदुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिब चार सय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैठकले नयाँ संविधानले गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था व्यवस्था कार्यान्वयनमा सरकारसँग जोडदार माग गरेको छ। सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघले अक्टोवर १२(१४, २०१८ मा काठमाडौंमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलन गर्ने, नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैर आवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली ९भोकेशनल शिक्षा० लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंशा गर्दै महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृध्दिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने, विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था अविलम्ब गराई ति बच्चाहरुलाई विदेशबाट स्वदेश जान यात्रा अनुमति पत्रको व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गर्ने, संघद्वारा संचालित लाप्राक नमुना वस्ती, कार्यालय भवन, शंखमूल पार्क, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टुवरभित्र सम्पन्न गर्ने लगायतका १५ निर्णयहरु गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x