सेयर बजार २.४० अंकले बढ्यो, २२ करोडको कारोबार
काठमाडौं, १६ साउन । बुद्यबार सेयर बजार २.४० अंकले बढेको छ । मंगलबार २.९१ अंकले घटेको बजार बुद्यबार भने २.४० अंकले बढेर ११९३.८७ बिन्दुमा उक्लिएको छ ।
बुद्यबार एक सय ५४ कम्पनीको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
हाइड्रोपावर ०.५६, फाइनान्स ३.७ र अन्य समूहको परिसूचक ४.७२ अंकले घटेको छ । तर बैंकिङ २.८१, होटल ११.२५, विकास बैंक ३.४७, उत्पादन तथा प्रशोधन १.८६, माइक्रोफाइनान्स ७.३८, नीर्जिबन बीमा ३२.४१ र जीवन बीमा समूहको परिसूचक २८.८४ अंकले बढेको छ ।
त्यस्तै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ५.४५ प्रतिशत गुमाएका छन् भने सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ९.४८९१ प्रतिशतले गुमाएका छन् ।