Shangrila

रामेछापको सांघुटारमा राष्ट्रिय वाणिज्य बैकको शाखा संचालनमा

काठमाडौं, १६ साउन । रामेछापको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २ सय ५ औं शाखा कार्यालय संचालनमा ल्याइएको छ । उक्त शाखाको प्रदेश न.३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बुद्यबार उद्घाटन गरे ।

सो कार्यक्रममा मन्त्री ढुङ्गेलले स्थानीय जनताहरुले बैंकबाट कारोबार गरी व्यवसायीक किसिमले कृषि उत्पादन गरेर फाइदा लिनु सक्नु पर्नेेमा जोड दिए । त्यस्तै बैंकका काठमाडौं क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक राजेन्द्र दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामेछाप क्षेत्र न.१ ख का प्रदेश सभा सांसद शान्तिप्रसाद पौडेल, पूर्व सासंद रामहरि खतिवडा, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *