Date

आइत, बैशाख १४, २०८२
Sun, April 27, 2025

मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी

मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी

काठमाडौं, १३ वैशाख।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

विश्व वौद्धिक सम्पत्ति दिवसमा बोल्दै उनले आजको हाम्रो वस्तु, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने कुरा र विश्व बजारमा ब्राण्ड हो भन्ने कुरालाई अगाडि बढाउन नसकेको बताएका हुन् ।

उनले भने, ‘हाम्रा मौलिक रुपमा रहेका जुन सम्पत्तिहरु छन् त्यसलाई कसरी लिपिवद्ध गर्ने त्यो राज्यको दायित्वभित्र पर्छ । औद्योगिक क्षेत्रमा पनि उद्योग खोलिरहेका छन् । नेपालको जिडीपीमा उद्योगको अवस्था राम्रै थियो तर पछिल्लो समय घट्यो । आजको वस्तु, उत्पादन, उत्पादकत्व वृद्धी गर्ने कुरा र विश्व बजारमा ब्राण्ड हो भन्ने कुरालाई अगाडि बढाउन सकेका छैनौं ।’

साथै उनले वौद्धिक सम्पत्ति सम्बन्धिको कानुनलाई मन्त्रालयको तर्फबाट बढी महत्वको साथमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताए । उनले बहस र विज्ञहरुलाई सम्मिलित गराएर वौद्धिक सम्पत्ति सम्बन्धिको कानुनको लागि मन्त्रालयले तयारी थालेको बताए ।

उनले भने, ‘यतिबेला वौद्धिक सम्पत्ति सम्बन्धिको कानुनलाई मन्त्रालयको तर्फबाट  र  विभागको तर्फबाट अलि बढी महत्वको साथमा सरोकारवालाहरुसँग निकै धेरै छलफल बहस र विज्ञहरुलाई सम्मित गरेर मन्त्रालयले त्यसको तयारी गरेको छ । यसमा थुप्रै प्राविधिक पक्षहरु छन् । अहिलेको समयानुकुल कानुनले यो सम्बन्धि के कुरा चाँही बोल्छ ? के गर्न आवश्यक छ ? नयाँ खालको नेपालको आजको सम्पत्तिमा हामीले हेर्ने हो भने ८३ प्रतिशत मात्रै दर्ता भएका छन् त्यसमा पनि सबैको ध्यान गएको छैन ।’

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *