Date

बुध, बैशाख १७, २०८२
Wed, April 30, 2025

एक अर्ब लगानीमा मोरङमा ‘एलेक्जा’ ब्रान्डको सलाइन पानी उद्योग संचालन, साउनदेखि बजारमा आउने

एक अर्ब लगानीमा मोरङमा ‘एलेक्जा’ ब्रान्डको सलाइन पानी उद्योग संचालन, साउनदेखि बजारमा आउने

विराटनगर, १६ वैशाख । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले मोरङमा सलाइन पानी उद्योग संचालनमा ल्याएका छन् ।

मोरङको बुढीगंगामा मेडिकल व्यावसायीद्धय ठाकुर र भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना गरी संचालनमा ल्याएको उक्त उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजार पठाउने जानकारी दिइएको छ ।

उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउँने छ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा आउने छ ।

पूर्ण रूपमा सञ्चालनमा आउँदा एक अर्ब लागत अनुमान गरिएको उद्योगले मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष समेत रहेका ठाकुरले बताए ।  विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको उद्योगको दाबी छ । एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्ने छ ।

उद्योगले ‘एलेक्जा’ ब्रान्डमा आफ्ना उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको ठाकुरले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *