गभर्नर नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने हुनाले तत्काल गभर्नर नियुक्त गरियोस् : सांसद खतिवडा

काठमाडौं, १६ वैशाख । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् ।
उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको उल्लेख गरे ।
सांसद खतिवडाले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरी गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गरे । उनले अर्थतन्त्रको सुधार र वित्तीय क्षेत्रको विश्वसनीयता कायम राख्न ढिलाइ नगरी निर्णय लिनुपर्ने स्पष्ट पारे ।
सांसद खतिवडाले भने,’बजेट अधिवेशनको समयमा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन गर्ने समयमा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था रहेको छ । सरकारले तत्कालै गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गर्नुपर्छ ।’