Date

बुध, बैशाख १७, २०८२
Wed, April 30, 2025

आज कति छ सुनचाँदीको मूल्य ?

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ, १७ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज छापावाल सुनको मूल्य १०० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *