Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

किटमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युः सरकारले थाल्यो कूटनीतिक पहल

किटमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युः सरकारले थाल्यो कूटनीतिक पहल

काठमाडौँ, १९ वैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत फेला परेको घटनामा नेपाल सरकारले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटना भएलगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’

मृत अवस्थामा फेला पर्नेमा वीरगन्ज–१५ की प्रिसा साह रहेकी छिन् । उनको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो। प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् ।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्, जुन घटनाले तहल्का नै पिटेको थियो । उनै लम्साल बस्दै आएको होस्टेलमा प्रिसा पनि बस्दै आएकी थिइन्।

याे घटनामा भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले किटमा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको बताएकाे छ । साथै केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *