१३ बटा बाणिज्य बैंकले अझै पुरा गरेनन् राष्ट्र बैंकको निर्देशन,४९ स्थानीय तहमा बाणिज्य बैंक पुगेनन्

काठमाडौं,१८ साउन ।   नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा पु्यायउन २८ वटै वाणिज्य बैंकहरुलाई निर्देशन दिएपनि अझै ४९ स्थानीय तहमा बैंक शाखा खुल्न सकेका छैनन् ।  बैंकलाई स्थान नै तोकेर शाखा विस्तार गर्न राष्ट्र बैंकले निर्देशन दिएपनि १३ बाणिज्य बैंकले पूर्वाधारलगायत विभिन्न कारण देखाउँदै बैंक शाखा खोल्न अटेरी गरिरहेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल क्रेडिट एन्ड कमर्शले अझै ११ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्नु पर्ने भएपनि बैंकले अझैसम्म कुनै पनि स्थानमा शाखा विस्तार गरेको  छैन ।राष्ट्र बैंकले तोके अनुसार सेञ्चुरी कमशिसयल बैंकको आठ स्थानमा,  सिभिल बैंकले ६ स्थान,  प्राइम कमर्सियल बैक र प्रभु बैंक  ५ ÷५ स्थानमा शाखा विस्तार गर्न सकेका छैनन् ।

यसैगरी जनता बैंक, कृषि बैंक र एसबीआई बैंकले ३÷३ स्थानमा शाखा विस्तार गर्न बाँकी छ भने नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, बैंक अफ काठमाडौं, माछापुच्छे बैंक र मेगा बैंकले १÷१ स्थानमा शाखा विस्तार गर्न बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *