Date

शनि, बैशाख २०, २०८२
Sat, May 3, 2025

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौं, १९ वैशाख  । लायन वर्ष २०२५÷२६ का लागि लायन्स इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ ई को तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतको अध्यक्षतामा आयोजित बैठकले इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी, गभर्नर, फष्ट भाइस डिस्ट्रिक गभर्नर, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर पदका लागि महाधिवेशन सम्पन्न गरेको हो ।

जम्मा ९२ मतमध्ये डिस्ट्रिक गभर्नरमा लायन हिरा गुप्ता ४७ मत सहित बिजयी भएका छन् भने, फष्ट भाइस डिस्ट्रिक गभर्नरमा लायन्स श्याम कुमार यादव ९० मत तथा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन विमल कुमार श्रेष्ठ ९० मत सहित विजयी भएको डिष्ट्रिक्ट गभर्नर लायन रामशरण बस्नेतले जानकारी दिए ।

उनले महाधिवेशनबाट विजयि भएका सबैलाई बदाई दिदैँ निर्वाचन प्रक्रिया सम्पन्न गरिदिने सहभागीताहरु सबैलाई धन्यवाद दिए ।

बस्नेतले परिणाममा फरकमत आउँदैमा आत्तिन नहुने भन्दै सानो कुराले पनि ठुलो असर र परिवर्तन हुने बताए ।

सफलता हासिल गर्दै व्यक्तिगत रूपमा हरेक मान्छेले आफ्नो अस्तित्वलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

विजयी पश्चात् बोल्दै विमल कुमार श्रेष्ठले सबै कामहरु ऐतिहासिक रूपमा अगाडि बढाउने बताए । उनले लायन्सवादलाई अगाडि बढाउन सबैको साथ सहयोग आवश्यक हुने बताए ।

त्यस्तै, लियो मल्टिपल चियरपर्सन अस्मिता लामिछानेले क्याविनेट टीम र सबैलाई बदाई दिदै आगामी वर्षको लागि शुभकामना व्यक्त गरिन् । उनले भोलिको लायन्सको लागि आज लियोको आवश्यकता रहेको बताइन् ।

उनले फेरि एकपटक अद्वितीय हिसावमा डिस्ट्रिक ३२५ ई को तिनै वटा गभर्नरीय पदहरूमा निर्विरोध उम्मेदवारी चयन भए पनि केही असन्तुष्टि भएको बताइन् ।

उनले ४०० भन्दा बढि लायन्स तथा लियोहरूले आत्मसम्मान साथ तिनैजना उम्मेदवारहरूलाई विधि विधान अनुरूप निर्वाचन मार्फत स्व विवेकले निर्वाचित गराएको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *