Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

दुईतिहाइको घमण्डमा सरकार कुशासनमा सवार छ : प्रचण्ड

दुईतिहाइको घमण्डमा सरकार कुशासनमा सवार छ : प्रचण्ड

काठमाडाैं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान दुईतिहाइ बहुमतको सरकारलाई कुशासनको प्रतीक भएको आरोप लगाएका छन्।

संघीय संसद्को प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज बोल्दै अध्यक्ष प्रचण्डले सरकार जनताको असन्तुष्टि र आर्थिक जटिलता समाधान गर्न पूर्णतः असफल भएको बताए।

“दुईतिहाइको घमण्डमा सवार यो सरकार अहिले कुशासनको घोडामा चढिरहेको छ र केवल औपचारिकता मात्र पूरा गरिरहेको देखिन्छ,” उनले भने। “जनताको असन्तोष सम्बोधन गर्न, अर्थतन्त्रको जटिलता बुझ्न र समाधान दिन सरकार पूर्ण रूपमा असफल भएको छ।”

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमप्रति सत्ता पक्षकै सांसदहरू उत्साहित नदेखिएको तर्फ पनि संकेत गरे। “नीति तथा कार्यक्रमले सत्ता पक्षका सांसदहरूमा नै उत्साह जगाउन सक्दैन भने, आम नागरिकमा आशा र भरोसा कसरी जगाउने?” उनले प्रश्न गरे।

उनले नीति तथा कार्यक्रमले कुन उद्देश्य बोकेको छ र कसका लागि ल्याइएको हो भन्ने सहजै अनुमान गर्न सकिने बताए।

प्रचण्डको तीव्र आलोचनाले संसद्मा सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलको असन्तोष प्रष्ट देखिएको छ। यता सत्ता पक्ष भने नीति तथा कार्यक्रमले समृद्धि र स्थायित्वको बाटो देखाउने दाबी गर्दै आएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *