Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइपी प्रविधिमा आधारित ‘भ्वाइस टेलिफोन’ सेवा सुरु

आइपी प्रविधिमा आधारित ‘भ्वाइस टेलिफोन’ सेवा सुरु

काठमाडौं, १९ साउन ।   नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।

सेवा आरम्भको अवसरमा तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ ।

यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको र बाँकी स्थानमा पनि एफटिटीएच विस्तारै उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोँगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x