उखु किसानलई प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान

काठमाडौं १९ साउन ।   सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने भएको छ । चिनी मिल संचालकहरुले उखु किसानको बक्यैता रकम तिर्न आनाकानी गरिरहेका वेला  उखुको न्युनतम मूल्यमा परिर्वतन नगरेसम्मका लागि २०७५ जेठ १५ देखि लागु हुने गरि उखु  किसानहरुलाई प्रति क्वीन्टल ६० रुपैया अनुदान दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

त्यसैगरी समाज कल्याण परिषद्को अनियमितता छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *