Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मध्य र पश्चिमका क्षेत्रमा भारी बर्षा, नेपालगञ्ज डुबानमा

मध्य र पश्चिमका क्षेत्रमा भारी बर्षा, नेपालगञ्ज डुबानमा

काठमाडौ,२१ साउन । देशका विभिन्न ठाउँमा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको पानि परिरहने छ ।विभागले आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाइ सर्तक रहन आग्रह गरेको छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । भोलिदेखि भने मौसमा सुधार हुने विभागको अनुमान छ ।

पहिरोले सडक अवरुद्ध 

निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो ।जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

नेपालगञ्ज डुबानमा, दाङमा बस बगायो 

यसैबीच अविरल वर्षाका कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित आसपासका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन अस्तव्यस्त भएको छ ।दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x