लक्ष्मी बैंकको ९६ औं शाखा काठमाडौंको मनमैजुमा

काठमाडौं, २१ साउन । लक्ष्मी बैंकले काठमाडौंको मनमैजुँमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । काठमाडौं उपत्यका भित्र बैंकको यो १८ औं शाखा हो ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *