Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आणविक हतियार विश्वकै लागि घातक

आणविक हतियार विश्वकै लागि घातक

काठमाडौं २२ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ ।७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“विश्वका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।” आणविक हतियार तयार गरेपछि प्रयोग गर्ने कौतुहलता हुन सक्ने र कसैको दिमागमा त्यस्तो सनक चढे विश्व नै सखाप हुने भएकाले यो घातक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालीले शान्ती अभियानमा लाग्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफू मान जातिको हितमा लाग्ने बताउनुभएको छ । “मेरा लागि देश र जनता सर्वोपरी हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x