Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निजी विमान भारतीय तिर्थालु बोक्न ब्यस्त, डोल्पा र हुम्लाका यात्रुहरु एयरपोर्टमै अलपत्र

निजी विमान भारतीय तिर्थालु बोक्न ब्यस्त, डोल्पा र हुम्लाका यात्रुहरु एयरपोर्टमै अलपत्र

नेपालगञ्ज, २२ साउन । निजी एयरलाइन्सका कम्पनीहरुले नेपालगञ्ज र सुर्खेतबाट दैनिक भारतीय तिर्थालु मात्र बोक्न ब्यस्त हुँदा डोल्पा र  हुम्ला जाने यात्रुहरुलाई महिनौ दिन देखि सुर्खेत र नेपालगञ्ज एयरपोर्टमै अलपत्र पर्ने गरेका छन ।

निजि विमानहरुले डोल्पा र हुम्लाको नियमित उडान बेवास्ता गरी बढी पैसा कमाइने भएपछि भारतीय यात्रुको आग्रहमा तिर्थालु मात्र बोक्ने गरे पछि हुम्ला र डोल्पाका स्थानीयहरुलाई हवाई  टिकट पाउन मुस्किल परेको हो ।

कर्णाली प्रदेश सरकारले सुर्खेतबाट हुम्ला जिल्ला र डोल्पा जिल्लाका लागि सिता एयरसँग नियमित उडान  भर्नेका लागि सम्झौता गरेपनि कार्यन्वयनमा आउन सकेको छैनन । सिता, तारा र सम्रिक एयरलाइन्सहरुले दैनिक नेपालगञ्जबाट भाारतिय तिर्थयात्री बोक्ने गरेका छन् । राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेका हुम्ला र डोल्पावासीलाई हवाई यातायात एक मात्रै विल्कप हो । कर्णाली प्रदेशका १० जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला र डोल्पाका यात्रुहरुले महिनौ देखि यो सास्ती भोक्दै आएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x