नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाडाैं, १ जेष्ठ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। हिजो अर्थात् बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज एकैदिन ३ हजार ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसरी एकैदिनमा सुनको मूल्यमा ठूलो गिरावट देखिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा झरेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।