Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कतिमा पाइन्छ ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कतिमा पाइन्छ ?

काठमाडौँ, १ जेष्ठ । नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो ।

योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यसअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले मूल्य घटेर आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *