Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

हिमाल मानवताको साझा स्रोत: परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा

हिमाल मानवताको साझा स्रोत: परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा

काठमाडौं, २ जेष्ठ । परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले हिमाललाई मानवताको साझा स्रोतको रूपमा परिभाषित गर्दै जलवायु परिवर्तनका कारण त्यसको अस्तित्व संकटमा परेको बताएकी छन्।

सगरमाथा संवादको “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” भन्ने विषयमा आयोजित उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले हिमालय क्षेत्रको हिउँद तथा हिमनदीहरू तीव्र गतिमा पग्लँदै गएको र त्यसले लाखौँ मानिसको जीवनमा गम्भीर असर पारिरहेको उल्लेख गरिन्।

उनले भनिन्, “जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा आउने विपत्तिले मानव अस्तित्व र जीविकोपार्जनलाई गम्भीर चुनौती दिइरहेको छ। बाढी, हिमताल विस्फोट, खडेरी र वनडढेलोले ठुलो क्षति पुर्याइरहेका छन्।”

डा. देउवाले सगरमाथा संवादलाई जलवायु परिवर्तनका कारण देखिएका संकटहरूलाई नजिकबाट विश्लेषण गर्ने अवसरको रूपमा वर्णन गरिन्। उनले उत्तरदेखि दक्षिणसम्मका क्षेत्रहरूमा उत्पन्न भएका जलवायुजन्य विपत्तिलाई रोक्न साझा पहल आवश्यक रहेकोमा जोड दिइन्।

“नेपालले आफ्ना हिमाल, जंगल र नदीहरूको संरक्षणमा सक्दो योगदान गरिरहेको छ। तर जलवायु परिवर्तनका नकारात्मक प्रभावहरू हाम्रो जस्तै कमजोर मुलुकहरूले असमान रूपमा भोग्नुपरेको छ,” उनले थपिन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *