Date

आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025

समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

काठमाडौं, ३ जेष्ठ । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनले भने, ‘मुख्य रुपमा बजेटलगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो । गर्भनरको  विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्ना आफ्ना भनाईहरु राखे ।’

साथै संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *