सन्राइज बैंकका ग्राहकलाई ८० भन्दा बढी निजी अस्पतालहरुमा स्वास्थ्य परीक्षण गराउँदा २० प्रतिशत सम्म छुट
काठमाडौं, २४ साउन । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । जस अनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउने बताइएको छ ।
कोही पनि ग्राहक स्वास्थ्य सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र त्यसको प्राप्तिको लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको जानकारी दिएको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।
अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट wwww.sunrisebank.com.np मा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।