Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एनआईसी एशिया बैंकको सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं, २४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सबलीकरणको लागि गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामाशाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको सत्रौं शाखा रहित बैंकिङ्ग सेवा हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x