Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौ, २४ साउन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ । इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x