Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंकहरुलाई गभर्नरको सुझाव पुलिसले जस्तो डण्डा चलाउन नपरोस्

बैंकहरुलाई गभर्नरको सुझाव पुलिसले जस्तो डण्डा चलाउन नपरोस्

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले बैकर्स र व्यवसायीहरुलाई दोहोरो कुरा नगर्न भनेका छन् । नेपाल बैंकर्स एसोसिएसन र आर्थिक पत्रकार समाजको संयूक्त रुपमा आज आयोजनामा गरेको नेपाल फाइनान्सियल रिपोटिङ स्टान्डर्ड (एनएफआरएस) सम्बन्धि अन्तरक्रिर्या कार्यक्रममा उनले यस्तो बताएका हुन ।

बजारमा लगानी योग्य रकम सहज भएको बेला व्यवसायीहरुले पैसा नलैजाने र पछि गुनासो गर्ने गरेको उल्लेख गर्दै गभर्नर नेपालले बैकर्सहरुले पनि विगतमा पैसा बढी हुँदा किन्दिन अर्थमन्त्रालयसँग गुहार मागेको स्मरण गर्दै पैसा अभाव हुँदा चाही गुनासो मात्र गर्ने गरेको बताए ।

त्यस्तै गभर्नर नेपालले बैंकर्सहरुलाई संस्थागत निक्षेपमा लुछाचुडी नगर्न पनि सुझाए । ‘मुलुककै अब्बल दर्जाको व्यक्तिहरु काम गर्ने बैंकिङ क्षेत्रमा राष्ट्र बैंकले पुलिसले जस्तो डण्डा चलाउन नपरोस् ’ उनले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x