सेरेस ग्रुपको त्रैमासिक नाफा उल्लेखनीय रूपमा वृद्धि, नेपालमा तीन नयाँ विद्युतीय सवारी ल्याउने घोषणा

काठमाडाैं, ७ जेष्ठ । चीनको प्रमुख इन्टेलिजेन्ट तथा न्यू इनर्जी सवारी निर्माता सेरेस ग्रुप (Seres Group) ले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१ प्रतिशत नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी नाफा कमाएको छ। कम्पनीको यो ऐतिहासिक उपलब्धिले सेरेसलाई चीनका सबैभन्दा धेरै नाफा कमाउने इनोभेटिभ अटोमोबाइल कम्पनीहरू मध्ये एकको रूपमा उभ्याएको छ।
३ अर्ब डलरभन्दा बढी आम्दानी, शेयर मूल्यमा पनि वृद्धि
सेरेसले पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलरभन्दा बढी बिक्री आम्दानी हासिल गरेको छ, जुन नवीन र ऊर्जा-कुशल गाडीहरूमा बढ्दो मागको प्रतिफल हो। आर्थिक विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्यमा ३ प्रतिशतको वृद्धि भएको छ, जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउँछ।
स्मार्ट मोबिलिटी र दिगोपनको लक्ष्य
नवप्रवर्तन, दिगोपन र ग्राहकअनुकूल डिजाइनमा केन्द्रित सेरेस ग्रुपले विश्वव्यापी वातावरणीय लक्ष्यहरूलाई ध्यानमा राख्दै स्मार्ट मोबिलिटी समाधानहरूमा नयाँ उचाइहरू प्राप्त गरिरहेको छ। कम्पनीले आगामी दिनहरूमा अझ उच्च रेन्ज, प्रदर्शन (performance), र स्मार्ट फिचरयुक्त विद्युतीय सवारीहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
नेपालमा २०२६ भित्र तीन नयाँ मोडेल
विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल भित्र्याउने घोषणा गरेको छ। यसले चीनबाहिर पनि सेरेसको विद्युतीय सवारी रूपान्तरणमा अग्रणी भूमिका पुष्टि गर्दछ।
इन्डोनेसियामा तीन अवार्ड, लक्जरी सेग्मेन्टमा पनि अग्रता
सेरेसको लोकप्रिय मोडेल Seres 3 ले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेको छ, जसले कम्पनीको नवप्रवर्तन क्षमता र बजारप्रतिको पकड पुनः प्रमाणित गरेको छ। चीनको लक्जरी सवारी क्षेत्रमा सेरेसले BMW र मर्सिडिजजस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको उल्लेख छ।