Date

बुध, जेष्ठ ७, २०८२
Wed, May 21, 2025

नेप्सेमा मन्दी, कारोबार रकममा नयाँ उचाइ – ओम मेगाश्री र राधी विद्युतको दबदबा कायम

नेप्सेमा मन्दी, कारोबार रकममा नयाँ उचाइ – ओम मेगाश्री र राधी विद्युतको दबदबा कायम

काठमाडाैं, ७ जेष्ठ । बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्दा पनि कुल कारोबार रकम भने उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्ला दुई दिनसम्मको सुधारको लय बुधबार कायम रहन नसकेपछि नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा पुगेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ४७७.५५ विन्दुमा झर्‍यो भने फ्लोट इण्डेक्स पनि ०.३३ अंकले घटेको छ। यद्यपि, सेन्सेटिभ फ्लोट इण्डेक्स भने सामान्य ०.०३ अंकले बढेको छ।

कारोबारमा नयाँ उत्साह

सूचकमा गिरावट आए पनि बजारमा कुल कारोबार रकम मंगलबारको तुलनामा झन्डै ३ अर्ब रुपैयाँले वृद्धि भएको छ। यस दिन ३१६ कम्पनीका २ करोड ३० लाख २६ हजार कित्ता शेयरहरू ८८ हजार १२१ पटकको कारोबारमार्फत १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँमा किनबेच भएका छन्।

ओम मेगाश्रीको सर्किट, राधी विद्युतको अगुवाइ

निरन्तर तेस्रो दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्स को शेयर सकारात्मक सर्किट लेभलमा पुग्दै ८४ रुपैयाँ ६० पैसाले उकालो लागेर ९३१ रुपैयाँ २० पैसामा बन्द भएको छ। यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक का शेयर पनि ५ प्रतिशत हाराहारीले उकालो लागेका छन्।

तर, अर्कोतर्फ श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन को शेयर मूल्य ८.३२ प्रतिशतले घटेर दिनकै सर्वाधिक गिरावटमा परेको छ।

कारोबार रकममा शीर्ष स्थानमा राधी विद्युत

बिहीबारको दिन राधी विद्युत कम्पनी ७१ करोड ३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबारसहित कारोबार रकमको आधारमा शीर्ष स्थानमा रह्यो। त्यसपछि माउन्टेन इनर्जी नेपाल को ५९ करोड रुपैयाँ र ङादी ग्रुप पावर को ५८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

उपसमूह विश्लेषण

१३ वटा उपसमूहमध्ये १० वटा उपसमूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको सूचक भने सामान्य रूपमा उकालो लागेको छ। जलविद्युत उपसमूह सबैभन्दा बढी— करिब १ प्रतिशतले घटेको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *