Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

आइतबार नेपाली बजारमा सुनको भाउमा तीव्र उछाल, चाँदी यथावत्

आइतबार नेपाली बजारमा सुनको भाउमा तीव्र उछाल, चाँदी यथावत्

काठमाडाैं, ११ जेष्ठ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य भने स्थिर रह्यो। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १,१०० रूपैयाँले घटेको सुनको मूल्य आज एकैदिन १,४०० रूपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रूपैयाँ पुगेको छ। शुक्रबार उक्त सुनको मूल्य १ लाख ९० हजार ४ सय रूपैयाँ थियो।

चाँदीको हकमा भने बजार स्थिर रह्यो। महासंघका अनुसार आइतबार पनि चाँदी प्रतितोला २,००५ रूपैयाँमै कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग समान छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *