पश्चिममी क्षेत्रमा भारी बर्षाको संभावना, सतर्कता अपनाउ आग्रह

काठमाडौं, २७ साउन । सुदुर पश्चिमका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम पूर्व अनुमान माहासाखाले जनाको छ । महाशाखाका मौसमविद् बरुण कुमार पौडेलका अनुशार दार्चुला, बैतडी, डोटी लगायत ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

मनसुनी न्युनचापिय रेखा माथितिर सर्दै गएकाले पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँमा भने मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

यसैबीच बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदी किनारमा बस्नेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।शाखाले अबको २,३  दिनसम्म देशैभर बद्लीसहित हल्का, मध्य वा भारी वर्षाको सम्भावना भएकाले ठूला नदी, महाकाली, कर्णाली र कोशीमा आजदेखि वहाब बढ्दो क्रममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेकाले तटीय क्षेत्रका समुदाय सतर्कतापूर्वक आफ्नै घर तथा समुदायमै रहन भनिएको छ ।

देशका मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, मोहनालगायतमा पनि आज अपराह्नदेखि नै बहाव बद्दो क्रममा रहेकाले आज राति वा भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *