Date

आइत, जेष्ठ ११, २०८२
Sun, May 25, 2025

आइतबार सेयर बजार घट्दा पनि ओम मेगाश्री फार्मास्युटिकल चम्कियो

आइतबार सेयर बजार घट्दा पनि ओम मेगाश्री फार्मास्युटिकल चम्कियो

काठमाडाैं, ११ जेष्ठ । नेपाली सेयर बजार आइतबार पुनः घटेको छ, यद्यपि केही कम्पनीहरूले उल्लेखनीय प्रदर्शन गर्न सफल भएका छन् । सेयर बजार मापक नेप्से परिसूचक आज ९.१४ अंकले घटेर २,६७९.४१ बिन्दुमा झरेको छ । यो गत बिहीबारको दोहोरो अंकको वृद्धिपछि आएको गिरावट हो ।

आज ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा जम्मा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँको कारोबार भयो। तुलना गर्दा, बिहीबार २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४८ कम्पनीको घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । बजार समग्रमा घटेको दिन पनि ओम मेगाश्री फार्मास्युटिकलले भने सकारात्मक सर्किट हानेर विशेष आकर्षण बनायो ।

त्यस्तै आजको कारोबारमा सर्वाधिक कारोबार रकम (Top Turnover) गर्ने कम्पनीहरूको सूचीमा राधी विद्युत कम्पनी लिमिटेड (RADHI) र युपी क्लीन एनर्जी लिमिटेड (UPCL) अग्रस्थानमा देखिएका छन्।

नेप्से बजार स्रोतअनुसार, राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले आज रु ७१४,९२८,०४०.५० (करिब ७१ करोड ४९ लाख रुपैयाँ) बराबरको कारोबार गरेको छ। राधीको पछिल्लो कारोबार मूल्य (LTP) रु ७९०.२० मा कायम भएको छ, जुन ऊर्जा क्षेत्रमा राम्रो माग र लगानीकर्ताको चासो देखिन्छ।

त्यसैगरी, युपी क्लीन एनर्जी लिमिटेड (UPCL) ले रु ३०३,१३८,२२७.१० (करिब ३० करोड ३१ लाख रुपैयाँ) बराबरको कारोबार गर्दै दोस्रो स्थान हासिल गरेको छ। यसको पछिल्लो कारोबार मूल्य रु ४१६.०० मा बन्द भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *