Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

विद्युत् प्राधिकरण र सौर्य परियोजना बीच विद्युत् खरिद सम्झौता

काठमाडौं,२८ असार ।  नेपाल विद्युत् प्राधिकरण र सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको छ । अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको हो ।प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुशार  ऊर्जा मिश्रणको अवधारणाअनुसार प्राधिकरणले सौर्य परियोजनाबाट उत्पादित विद्युत् खरिदका लागि सम्झौता गरिएको हो  । प्राधिकरणले दुई परियोजनाबाट उत्पादित १२ मेगाबाट सौर्य ऊर्जा खरिदको सम्झौता गरेको छ।

कम्पनीले पर्साको परवानीपुरमा आठ मेगावाट र रौतहटको चन्द्रनिगाहापुरमा चार मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा आगामी २५ वर्षका लागि विद्युत् खरिद सम्झौता गरेको हो ।

उत्पादित विद्युत प्राधिकरणको नजिकैको सवस्टेशनमा जोडिनेछ । आगामी १० महिनाभित्रै विद्युत् उत्पादन गरी सवस्टेशनमा जोड्ने तयारी छ । सम्झौतामा प्राधिकरण उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले हस्ताक्षर गर्नुभएको छ

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x