Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्थानीय तहमा भएको कर वृद्धि चौंतर्फी विरोध, चितवनमा सात दलको रिले अनशन

स्थानीय तहमा भएको कर वृद्धि चौंतर्फी  विरोध, चितवनमा सात दलको रिले अनशन

चितवन, २८ साउन । स्थानीय तहमा बढाएको कर विषयलाई लिएर चौतर्फी विरोध बढदै गएको छ । रत्तनगर नगरपालिकालाे बढाएको कर खारेजीको माग नगरपालिकाका सात राजनीतिक दलले  रिले अनशनलाइ आजपनि जारी राखेका छन् ।  नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले हिजो देखि रिले अनशन शुरु गरेका हुन्। कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशन सहितको आन्दोलन थालेको नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले बताए ।१० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ ।

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन् । कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ ।अनशन शुरु भएपछि उनीहरूले करतिर्न आएका सर्वसाधारणहरू लाई फिर्ता पठाएका छन् । रिले अनसनमा नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी रहेका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x