Date

बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

आज सुनको भाउ घट्यो, चाँदी स्थिर

आज सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाडाैं, १२ जेष्ठ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। आइतबार प्रतितोला १ लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ९१ हजार १ सय रूपैयाँमा झरेको हो।

यसअघि आइतबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज घटेर प्रतितोला १ लाख ९० हजार ५ सय रूपैयाँमा झरेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर रहँदै आइतबारको मूल्यमै कारोबार भइरहेको छ। चाँदी आज पनि प्रतितोला २ हजार ५ रूपैयाँमा नै किनबेच भइरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *